×

नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्छौं- चीन

images

काठमाडौँ । चीनले नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिदै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने प्रतिक्रिया दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले चीन र नेपालले सम्मानित मित्रता बाड्ने उल्लेख गर्दै चीनले सधैं जस्तै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताएका छन् । चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको जगमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि चीनको प्रतिक्रिया ढिलो गरि आएको हो । अर्को छिमेकी देश भारतले भने शुक्रबार राति नै अन्तरिम सरकारको स्वागत गरेको थियो ।

आइतबार​ २९ भदौ २०८२ १२:४४ PM मा प्रकाशित

प्रतिक्रिया