×

एक बर्षमा आर्थिक सूचक सकारात्मक दिशामा अघि बढायौं- प्रधानमन्त्री ओली

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा आफु नेतृत्वको सरकारले देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ बढाएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको र टाइमलाइन तोकेर काम गर्ने प्रचलनको सुरुवात भएको दाबी गरेका छन् ।

उनले भनेका छन्- 'हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ। टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ।  नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरु संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।'

गत वर्ष असार ३० गते नेपाली कांग्रेससहित दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो ।

सोमबार ३० असार २०८२ ११:४९ AM मा प्रकाशित

प्रतिक्रिया