×

अध्यक्ष लिङदेनको प्रश्न- सरकारको सुशासन आयोग कहाँ छ ?

images

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको सुशासन आयोग कहाँ छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सरकारको सुशासन आयोगलाई जनताले खोजिरहेको भन्दै अडियो सार्बजनिक भएपछि मन्त्रीको राजीनामा किन नआएको भन्दै प्रश्न गरेका छन् ।

उनले राजावादीलाई तह लगायौं भनेर डंका पिटेको जनतालाई लुट्नलाई भएको भन्दै ठुला दल मिलेर सरकार चलाउने र जनता लुट्ने कुरा सही नहुने बताए ।

उनले संसदबाट भिजिट भिसा प्रकरणमा आफुहरुले विरोध गरिरहेको र यसलाई गलत अर्थ नलगाउन समेत आग्रह गरे ।

अध्यक्ष लिङदेनले संसदीय इतिहासमा समेत कालो इतिहास भएको भन्दै उनले डेढ महिनादेखि विरोध गरिरहदा पनि संसद चलाउने प्रयास भइरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सोमबार ३० असार २०८२ ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया