×

मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

images


विराटनगर, ३२ जेठ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो । 

    घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिनुभएको छ । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उहाँले निर्देशन दिनुभएको छ ।

    मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राख्नुभएको उहाँको सचिवालयले जनाएको छ 

शुक्रबार​ ३१ जेठ २०८१ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया