×

छैटौं दिनपनि उठेन सिंहदरबारको फोहोर

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा रोकिएको सिंहदरबार, मन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर (शुक्रबार) आज छैटौं दिनमा पनि उठेको छैन।

गत शनिबार एक स्ट्याटस लेख्दै मेयर शाहले सरकारले महानगरको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने घोषणा गरेका थिए ।

मेयर शाहको निर्णयको चौतर्फी आलोचना भएपनि बेवस्ता गर्दे शाहले आजपनि फोहोर उठाउन निर्देशन दिएका छैनन्।

बालेनको त्यो अभिव्यक्तिको मन्त्रिपरिषद्सम्म पुग्दापनि उनले फोहोर उठाउन मानिरहेका छैनन्।

सरकारले बालेनको निर्णको विरोध गर्दे गम्भिर ध्यानाकर्षण गराईसकेको छ तर मेयर बालेन थप उग्र बन्दै हिजोमात्रै महानगरको हित हुने काम गर्न नसक्ने भए सिंहदरबार अन्तै सार्न चेतावनी दिएका थिए।

सरकारले महानगरको माग सम्बोधन गर्न तदरुकता नदेखाउँदा र बालेन सरकारप्रति लचिलो नबन्दाको असर सिंहदरबार, राष्ट्रपति निवास र मन्त्री निवास फोहोरको डंगुरले भरिएको छ।

शुक्रबार​ १ बैशाख २०८० ०९:०९ PM मा प्रकाशित

प्रतिक्रिया