काठमाडौं । यातायात मजदुरमाथिको कुटपिटको विरोधमा बालाजु क्षेत्र सोमबार अपरान्हदेखि तनावग्रस्त रह्यो । सहकर्मीमाथि कुटपिट भएको भन्दै यातायात मजदुरले बाटो नै बन्द हुने गरि गाडि तेस्र्याए । आन्दोलन नरोकिएपछि नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज ग¥यो । प्रतिवाद गर्दै मजदुर पनि ढुङ्गामुढामा उत्रिए ।
स्थिति थप तनावग्रस्त बन्यो । अराजक प्रदर्शनकारी यतिमै रोकिएनन् । उनीहरुले प्रहरीको भ्यान र अस्थायी प्रहरी विटमै आगो लगाए । त्यतिमात्रै होइन्, आन्दोलनकारीको अर्को डरलाग्दो र लज्जित पार्ने रुप तव देखियो जब एक हुल प्रर्दशनकारी बालाजु बसपार्कस्थित लोत्से मलमा प्रवेश गर्यो ।
भिडमा रहेका मध्ये एक प्रदर्शनकारीले मलको शिशामा ढुङ्गा प्रहार गरे । अर्कोले गमला उठायो । शिशामा बजार्यो । भिड मोवाईल पसल भित्र छिर्यो । पसल भित्रको ‘सो केस’ फोडियो । ¥याकभित्र राखिएका मोवाइल बोकेर उनीहरु दौडिन थाले । हेर्दाहेर्दै भरभराउ पसल क्षणभरमै साफ बन्यो ।
अराजक गतिविधिको सोही दृश्य भिडियो नेपाल न्युज बैंकले खिच्न सफल भएको छ । दृश्यमा देखिए अनुसार पसल फोड्नेहरुको उद्देश्य नै लुट मच्चाउने देखिन्छ । आन्दोलनका नाममा अरुको व्यवसायमा लुट मच्चाउन कार्य निश्चय पनि निन्दनीय छ । आन्दोलनको नाममा अराजकता मच्चाउने र त्यस्ता गतिविधीमा संलग्न हुनेहरुलाई कडा कारबाही नहुने हो भने आगामी दिनमा कानूनी राज्य र मानिसको गरिखान पाउने अधिकारमाथि गम्भिर आघात पुग्नेछ ।
प्रतिक्रिया