×

अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु

images


काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन अनेरास्ववियु० को २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ मुलनाराका साथ महाधिवेशन हुन लागेको हो  

 मंगलबारदेखि बुधबारसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन सत्र आज सुरु हुने भएको हो । 
७ वर्षपछि हुन लागेको यो महाधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरिने बताइएको छ ।
 

मङ्गलबार २ फागुन २०७९ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया