काठमाडौं । यातायात मजदुरले सार्वजनिक सवारी साधान सञ्चालन बन्द गरेपछि सर्वसाधरण मर्कामा परेका छन् ।
मजदुरमाथि कुटपिट तथा ट्राफिक प्रहरीले कारबाही शुल्क बढाएको विरोधमा उनीहरुले आज(मंगलवार)बाट सार्वजनिक यातायातका साधान सञ्चालनमा रोक लगाएका छन् । उपत्यकाभित्र मंगलवार बिहानैदेखि सार्वजनिक यातायातका साधान चल्न सकेका छैनन् । आवागमन प्रभावित बन्न पुगेको छ ।
सार्वजनिक बस स्टप तथा पार्कमा यात्रुको बिहानैबाट भिड सुरु भएको छ । सवारी साधन नचलेपछि यात्रु पैदल नै गन्तब्यमा जान बाध्य भएका छन् । यातायात मजदुरको प्रदर्शनका कारण सोमवार दिनभरजसो बलाजू क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप बजालु क्षेत्रमा झडप भएको थियो । झडपपछि सडक दिनभर रणमैदानमा परिणत भएको थियो ।
प्रदर्शनकारीले प्रहरीलाई लक्षीत गरि ढुंगा तथा इट्टा प्रहार गरेका थिए । प्रहरीले भिड नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरेका थिए । प्रदर्शनका कारण बालाजु, गोंगबू तथा बसुन्धरा क्षेत्रको यातायात आवागमन सोमवार दिनभर नै प्रभावित बन्न पुगेको थियो । बिरोधमा उत्रिएका उनीहरुले सडकमै बस तेस्र्यार आवागमन रोकेका थिए ।
प्रदर्शनकारीले सडकमा राखिएका डिभाईडर बाल्न थालेपछि प्रहरीले लाठी चार्जमा उत्रिएको थियो । उग्र बनेका प्रदर्शनकारीले पार्क गरि राखिएको प्रहरीको भ्यान तोडफोड गर्नुका सार्थ आगजति गरेका थिए । यहीक्रममा उनीहरुले नयाँ बसपार्क क्षेत्रमा राखिएको प्रहरी पोष्ट पनि तोडेफोड गरेका
प्रतिक्रिया