काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वियुको राष्ट्रिय महाधिवेशन सुरू भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गरेका हुन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
१५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा तथा महासचिव समिक बडालको दाबी छ ।
प्रतिक्रिया