×

प्रतितोला दुई सयले घट्यो सुनको मूल्य

images


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर नै रहेको छ । 

सोमबार १ लाख ४ हजारमा कारोबार भएको सुन २ सयले घटेर १ लाख ३ हजार ८ सयमा व्यापार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ५ सय थियो । त्यस्तै

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।
 

मङ्गलबार २ फागुन २०७९ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया