काठमाडौं । राष्ट्रियले तत्काल सरकारमा सहभागी नहुने निणय गरेको छ ।
पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमति अनुसार गृह मन्त्रालय पाएमात्र सरकारमा जाने निर्णय गरेको हो ।
बैठकपछि, पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलेले पूर्व सहमति अनुसार गृह पाएमात्रै सरकारमा फर्किनुको औचित्य हुने बताए ।
उनले भने ‘जुन सहमति कायम गरेर सरकारमा जाने निर्णय गरेका थियौं त्यो तोडिएको आभास भएपछी सरकारबाट बाहिरीएको हौं । पछिल्लो समय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाएको थियो त्यो मन्त्रालय सहजै दिने अवस्था नरहेकोले हामी बाहिरीयौं । ’
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दि«य समिति सदस्य २४ जना बाट विस्तार गरेर ४० जना सदस्य बनाएको छ । त्यस्तै आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उप निर्वाचनमा पार्टी अध्यक्ष रवि लामिछाने नै उम्मेद्वार हुनेमा दुईमत नरहेको उनको भनाई छ । तर औपचारिक निर्णय हुन भने बाँकी रहेको उनले बताए । उनले भने ‘चितवन २ को उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय भएको छैन, तर सभापति रवि लामिछाने आफैं उम्मेदवार हुनेमा कुनै विवाद छैन । चितवन २ मा को उम्मेद्वारी हुने भन्ने कुरामा छलफल भएको जानकारी दिए ।’
प्रतिक्रिया