×

नेकपा एसका अध्यक्ष माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

images


काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। 
भारतीय विदेश सचिव क्वात्रा अध्यक्ष नेपाललाई भेट्न उनको निजी निवास कोटेश्वर पुगेका थिए । 

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। 

हिजो बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरेका थिए।उनी आज स्वदेश फर्किदैँछन् । 
 

मङ्गलबार २ फागुन २०७९ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया