×

काठमाडौं उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता

images

काठमाडौं । यातायात मजदुरले काठमाडौं उपत्यकामा गरेको सार्वजनिक सवारी बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।

आफूहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक भएकाले सवारी बन्द फिर्ता लिइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

उनले भने ‘म अहिले वार्तामै छु अहिलेलाई यो बुझ्नुस् यातायात बन्दको कार्यक्रम फिर्ता भएको छ अब गाडि चल्न थाल्छन् थप कुरा केहीबेरमा गरौँला ।’

मङ्गलबार २ फागुन २०७९ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया