काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंखर पोखरेलले, आजको राजनीति अवसरवाद र अराजकताबाट प्रभावित भैरहेको बताएका छन् ।
नेकपा एमाले निकट अनेरास्ववियुको २३ औं महाधिवेशनको उद्घाटन समारोहमा उनले आजको राजनीति अवसरवाद र अराजकताबाट प्रभावित भएको बताउँदै यसलाई परिवर्तनको दिशामा अगाडि बढाउन अवसरवादमाथि विजय हासिल गर्नु आवश्यक भएको तर्क गरे । उनले भने
‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो पार्टी अध्यक्षले गर्नुभयो ।
नेपालको राजनीतिमअराजतकता छ । राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने हामीले अवसरवादमाथि विजयी हासिल गर्नुपर्छ ।’
नेकपा एमालेको नेतृत्वमा मुलुक अगाडि बढे नेपाली जनताको भविष्य सुरक्षित हुने उनको भनाई छ ।
‘नेकपा एमालेको नेतृत्वमा मुलुक अगाडि बढ्ने हो भने नेपाली समाजका कोही पनि नागरिकहरुले भविष्यमा मेरो जीवन के हो भन्ने कुरा चिन्ता गर्नुपर्ने अवस्था रहदैँन्। त्यस प्रकारको सामाजिक सुरक्षाको सोच बोकेका छौ ।’
नेपालको राजनीतिलाई सहि दिशामा लान देशको राष्ट्रिय शक्तिका रुपमा नेकपा एमालेलाई सुदृढ गर्न जरुरी भएको बताएका महासचिव पोखरेलले, नयाँ सरकारसँग जनताले जुन आशा गरेको थियो त्यो पूरा हुन नसकेको बताए।
मुलुकको बलियो राष्ट्रिय शक्ति बन्ने सामथ्र्य एमालेसँग मात्रै भएको उनको दाबी छ।
प्रतिक्रिया