शैक्षिक पाठसाला मा कहिल्यै
अनुत्तीर्ण न भएको म
जिन्दगीको पाठशाला मा कहिल्यै
उतिर्ण हुन सकिन
मलाई मन छ म फेरि त्यस्तो
पाठशाला जाउ र प्रश्न गरौ
घटाउ घटाउ जोर भए जस्तै
दु:ख दु:ख कहिले सुख हुन्छ
कति चोटिको अभाव पछि
सम्पन्नता हुन्छ
पिडालाई कतिले गुणान गरे पछि
सन्तुष्टि हुन्छ
मलाई जान्न मन छ
आसुको घनत्व कति हुन्छ
पीडा नाप्ने एकाई के हो
अभाव लाई कुन इकाइले नापिन्छ
बेदना हरुको रेखा कस्तो हुन्छ
मलाई सोध्न मन छ
टाढा टाढा ग्रह हेरे जस्तै
आफ्नै भाग्य हेर्न मिल्छ कि मिल्दैन
निधारमा लागेको दाग जस्तै
भाग्यमा लागेको दाग मेटन मिल्छ कि मिल्दैन
समान मान्छे हरुको
पिडाको रेखा समान हुन्छ कि काटिन्छ
यदि काटिन्छन भने त्यहा कति डिग्रीको कोण बन्दछ
त्यो कोण खुसिको हुन्छ या दुखको
मलाई जान्नु छ
दुनियाँ बनाएको बिज्ञान ले
मान्छे को
भाग्य देख्ने कर्म मिटर अनि
दुख नाप्ने मर्म मिटर
बनायो कि बनाएन होला
त्यसैले मलाई फेरि एकचोटि
पाठशाला जान मन छ र बुझ्न मनछ
एउटा जिन्दगिको परिभाषा
थाह नगरबासी दामन मकवानपुर
हाल जापान टोकियो
प्रतिक्रिया