×

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण: अर्याल प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग सोधपुछ

images

काठमाडौं ।  महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिर जवानीमा छाडेको थियो ।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपूछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुट हुन ‘, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौं ।’ आफू खानेपानी विभागको सवारीचालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाई छ ।

बुधबार २८ कात्तिक २०८१ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया