×

कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, सरकारमा सहभागी भयो कांग्रेस

images

विराटनगर । कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन्।  भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोसी सरकारमा सहभागी भएको हो। नवनियुक्त मन्त्रीहरूमा भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका हुन् । 

उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै बिहान पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ । एउटा मन्त्रालय भने कांग्रेसले अझै खाली राखेको छ। 

गत साउन १२ मै कोसी सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस डेढ महिनापछि शुक्रबार मन्त्रीसहित सरकारमा गएको हो। यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन् ।

शुक्रबार​ २८ भदौ २०८१ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया