×

भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा कुनै हालतमा स्वीकार्य हुँदैन : रास्वपा

images

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ। मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो।  रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।

‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, परियारको भनाइ छ । सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरिएको छ भने कांग्रेसले यसको विरोध गरेको छ । 

बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी  विधेयक अघि बढाउने निर्णय पनि गरेको छ । ‘जलनसम्बनधी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः हामी आजै दर्ता गराउँछौँ’, परियारले बैठकपछि भने, ‘नेपाल विद्युत बक्यौता सम्बन्धी विषय संसदमा जोडतोडका साथ उठाउँछौँ ।’ 

मङ्गलबार २९ साउन २०८१ ०१:०२ PM मा प्रकाशित

प्रतिक्रिया