×

कार्यकालको ५ वर्ष कसैको शिर झुकाउने काम गर्दिन्- मेयर महर्जन 

images

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो कार्यकालको ५ वर्ष कसैको पनि शिर झुकाउने काम नगर्ने बताएका छन् । ‘सडक सुरक्षा शिक्षा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले लालितपुरलाई स्मार्ट सिटि बनाउने काममा तिव्र रुपमा लागेको बताए । 

उनले अबको ६ देखि ८ महिना भित्रमा रिङ्रोड एरियाको ७.९ किमि खण्डमा स्मार्ट सिटि लाईट जडान गर्ने बताउँदै जताबाट हेर्दा पनि ललितपुर महानगर चिनिने हिसाबले महानगरको विकास गर्ने दाबी गरे ।  उनले भने ‘६ देखि ८ महिना भित्रमा रिङ्रोडको ललितपुरको ७.९ किमि खण्डमा स्मार्ट सिटि लाईट जडान हुन्छ ।

सबै ठाँउमा लाईट राखेपछि माथि आकाशबाट पनि हेदा जुन स्थानमा सबैभन्दा बढि लाईट हुन्छ त्यो ललितपुर हुनेछ । पार्क पोखरीलाई त्यसलाई पुन निमार्ण गर्दै छौ ।’
उनले ललितपुरमा पहिलो तहको स्मार्ट सिटि बनाउने तयारी पूरा भएको भन्दै अबको केही समयमा ललितपुर स्मार्ट सिटिको रुपमा चिनिने बताए ।

लालितपुरमा हरियाली व्यापक रुपमा व्यवस्थापन गर्दै आएको भन्दै अबको १, २ वर्षमा महानगरमा कमलको फूल फूलाउन र पोखरीहरु निमार्ण गर्ने कामलाई सम्पन्न गर्ने बताए । दुर्घटनाग्रस्त क्षेत्र र लाईटको अभाव भएको स्थानहरुमा लाईट र सिसिटिभि जडानगरी दुर्घटनालाई सक्दो कम गर्ने पनि उनको भनाई छ । 
 

सोमबार २९ फागुन २०७९ ०१:२४ PM मा प्रकाशित

प्रतिक्रिया