काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।
राष्ट्रपतिको कार्यालयले उनको शपथ ग्रहण दिउँसो १ बजे विशेष समारोहको बिच आयोजना गर्दैछ ।नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय
कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था अनुसार आज राष्ट्रपति पौडेलले सपथ ग्रहण गर्न लागेका हुन् । नवनिर्वाचित राष्ट्रपति
पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ । संविधानमा राष्ट्रपतिको पदावधि निर्वाचित भएको समयदेखि पाँच वर्ष हुने र दुई पटकसम्म
राष्ट्रपति भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया