काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो।
पीएनजीका लागि असाड भालाले सर्वाधिक २० रन बनायो । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा कार्लेस आमिनी १६, हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । खेलमा नेपाली बलरले पीएनजीका ब्याट्सम्यानलाई कुनै मौका दिएनन् ।
सन्दीपले आफ्नो अन्तिम ओभरको अन्तिम बलमा यूएईका ११ औं ब्याट्सम्यानलाई बोल्ड गर्दै आफ्नो पाँच विकेटको सफलता पाएका हुन् । नेपालका अन्य दुई स्पिनर ललित राजवंशी र कुशल मल्लले आपसमा दुई–दुई विकेट बाँडे भने सोमपाल कामीले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा जाने लक्ष्यमा छ । नेपाल लिग २ मा ३४ खेलबाट ३६ अंक छ । यता पीएनजीको ३४ खेलबाट ११ अंक जोडेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रतिक्रिया