काठमाडौं । ललितपुरको झम्सीखेलमा लागुऔषध काराबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ।
उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। उनको साथबाट प्रहरीले पेस्तोल लागुऔषध आइस बरामद गरेको महाशाखाका एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
प्रतिक्रिया