×

गगन थापाको अपिल- तीन दलका प्रमुख तीन नेतालाई बिदाई गरौं

images

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख तीन नेतालाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेतालाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् ।

महामन्त्री थापाले १० वर्ष शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पालै पालो प्रधानमन्त्री पद लिइरहेको कारण आजको समस्याको प्रमुख कारण भएको बताएका छन् । आफुलाई कांग्रेसको एक कार्यकर्ताले भनेको कुरा राख्दै महामन्त्री थापाले भने- 'अझै पनि तपाईंहरू चेत्नुहुन्न? बिदाइ लिनुहुन्न? अझै पनि तपाईंहरूले उहाँहरूलाई हटाउनुपर्दैन? म सुन्छु तपाईंहरू अझै अधिवेशन, विशेष अधिवेशनको कुरा गर्दै हुनुहुन्छ ।'

अहिले टेक्निकल कुरा देखाएर शिर्ष नेताहरु पनि नहटेको र आफुहरुले हटाउन पनि नसकेको बताएका छन् । उनले आफ्ना नेताहरुलाई सम्मान गरेर तिनै दलका प्रमुख तीन नेतालाई हटाउन प्रारम्भ गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले जेनजी समुहका युवाहरुलाई पनि संवाद गर्न आग्रह गर्दै निर्वाचनको विकल्प नभएको बताएका छन् ।

आइतबार​ २६ असोज २०८२ ०७:११ PM मा प्रकाशित

प्रतिक्रिया