×

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : मन्त्री बस्नेत

images


काठमाडौँ,   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गर्नुभयो । 

“विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ”,  मन्त्री बस्नेतले भन्नुभयो । विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उहाँले उल्लेख गर्नुभयो । विद्युत्को खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामाग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । 

प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।  
–––

शनिबार २७ साउन २०८० ०३:१९ PM मा प्रकाशित

प्रतिक्रिया