काठमाडौं । कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई सफाई दिने उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि कालोमोसो प्रहार भएको छ । आज (बिहीबार) वीरगन्जमा इजलास बसिरहँदा नेकपा (बहुमत) का कार्यकर्ताहरुले न्यायाधीश थारूमाथि कालोमोसो प्रहार भएको हो ।
उनीहरुले जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्नेहरुमाथि नेकपा बहुमतले यसरी नै कारबाही गर्ने उद्घोष गरेका छन् । कालोमोसो प्रहार गरेपछि उनीहरुले भिडिओ बनाएर सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया