सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो

    images

    आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

    अस्ति शुक्रवार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ  ।

      आइतबार​ २९ जेठ २०७९ १२:२८ PM मा प्रकाशित

      प्रतिक्रिया