×

सुदूरपश्चिम प्रदेश सरकारले ३५ अर्ब बजेट ल्याउँदै

images

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ३५ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ । सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार बढाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकारलाई प्राप्त हुने अनुदानमा वृद्धि भएकाले आकार बढाएर बजेट ल्याउन लागिएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलाई बजेटको मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउन लागिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्राकृतिक विपत परेकालाई राहत दिने खालको कार्यक्रम पनि प्राथमिकतासाथ बजेटमा समेटिने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले बढी मान्छे प्रभावित हुँदै आएका छन् । 

आइतबार​ २९ जेठ २०७९ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया