×

ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी रास्वपाको कारवाही , रबि भन्छन्, ‘म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको छ’

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले आफ्ना सांसद्‍ ढाकाकुमार श्रेष्ठले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुभएको खुलासा गरेका छन्।

बुधबार पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सांसद्‍ श्रेष्ठले म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुएको खुलासा गरेका हुन्।

उनले भने, ‘उहाँले मेरो अडियो होइन भन्नुभयो। मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो।…तर, म डुबेँ भने कोर टिमबारे भन्छु भन्नुएको छ। उहाँले कुन मानसिकताले भन्नुभएको हो।’

तर, आफूलाई कोर टिमबारे कुनै जानकारी नभएको लामिछानेले दाबी गरेका छन्। साथै रास्वपाले समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठलाई सांसद्‍बाट हटाउने निर्णय गरेको छ ।

रास्वपाको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैँया घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टीले सोमबार उनलाई सांसद्‍ पदबाट निलम्बन गर्दै अनुशासन समितिलाई छानविन गर्न निर्देशन दिएको थियो।

समितिले छानबिन गरेपछि मंगलबार केन्द्रीय कमिटीलाई प्रतिवेदन बुझाएपछि उनीमाथि निर्णायक छलफल गर्न बुधबार केन्द्रीय कमिटीको बैठक बसेको थियो।

उनलाई पार्टीले सांसद्‍का साथै पार्टीको साधारण सदस्यबाटसमेत निस्कासन गरेको छ।

बुधबार २९ चैत २०७९ ०९:१० PM मा प्रकाशित

प्रतिक्रिया