×

शेयर बजार दाेहाेराे अङ्कले घटेर २४ सय विन्दुभन्दा तल झर्‍याे

images

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार ४४ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेकाे छ । 

आज हाेटल तथा उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाे छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्राेफाइनान्स र अन्य समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ । 

आज दुई सय ३७ वटा कम्पनीकाे ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे पाँच कराेड ७५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

दाेहाेराे अङ्कले बजार घटेकाे दिन इमर्जिङ नेपाल र न्यादी हाइड्राेपावरकाे शेयर ६ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्र बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्तकाे शेयर १० प्रतिशतले बढेकाे छ । 

मङ्गलबार २९ चैत २०७८ ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया