काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका छन्।
बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै प्रचण्डले इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले गरेको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने बताएका हुन्।
अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए।
प्रचण्डले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको स्पष्ट पारे। अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए।
प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए ।
जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गराउँदै उनले अहिले उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा भइरहेको पनि बताए । यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै रहेको उनलेब ताए । अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए ।
‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे’– उनले भने, ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं । त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौं भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जाने छौं ।’
हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उनले मगर समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका महान सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढा लगायत मगर समुदायका हजारौं छोराछोरीले देशको परिवर्तनका लागि रगत बगाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ज्यूँदै आँखा निकाएर जलाउँदा पनि आत्मसमर्पण नगरेका मगर यौद्वाहरुको ऐतिहासिक बलिदान रहेको बताए ।
त्यही बलिदान र बलिदानको बलमा स्थापित गणतन्त्रले महिला, जनजाति, मधेसी लगायत उत्पीडित समुदायबाट राष्ट्रपति र सभामुख जस्ता उच्च पद प्राप्त गर्ने अवसर आएको उल्लेख गर्दै उनले अब परिवर्तनको रक्षाका लागि पनि उत्पीडित वर्ग नै अगाडि आउनुपर्ने बताए ।
प्रतिक्रिया