×

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

images


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा मङ्गलबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको जानकारी पनि दिए । उनले जिम्मेवारी बाँडफाँट, संवैधाननिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भूमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताए ।

मङ्गलबार २८ फागुन २०८० ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया