×

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

images

काठमाडौं । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिले उद्धार जारी छ। मृतक तथा घाइतेको नाम खुलेको छैन। सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो। दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये २४ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।  

आइतबार​ २८ फागुन २०७९ ११:२० AM मा प्रकाशित

प्रतिक्रिया