×

यस्तो छ नेसपा (नयाँ शक्ति) को १३ बुँदे समसामयिक प्रस्ताव (पूर्णपाठ)

images

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तीन दिनसम्म चलेको पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको पहिलो महाधिवेशनले पुराना शक्तिहरूको विकल्प खोज्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ वैकल्पिक समाजवादी शक्ति निर्माणका लागि एक हुन अपिल पनि गरेको छ ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिका निर्वाचन प्रणाली लागू गरिनुपनेृ प्रस्ताव पारित गरेको छ । ‘संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धीहरूलाई संस्थागत गर्दै राष्ट्रको समृद्घि, जनआकांक्षा हरुको परिपूर्ती र राजनीतिक स्थीरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका साथै राष्ट्रमा सुशासन कायम गर्न शक्तिशाली जनलोकपालको गठनको औचित्य पुष्टी भएको हुँदा यथाशीघ्र यी बिषयमा संविधान संशोधन प्रक्रिया अघि बढाउन यो महाधिवेशन जोडदार माग गर्दछ’ नेसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, राजनीतिक दलहरूबीच भएको सत्ता गठबन्धन र सरकार परिवर्तनको अभ्यासले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको सो पार्टीले निष्कर्ष निकालेको छ।

‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न तथा सन्तुलित वाह्य सम्बन्ध सञ्चालन गर्न यो महाधिवेशन नेपाल सरकार समक्ष माग गर्दछ। खासगरी छिमेकी राष्ट्र भारत र चिनसंगको सम्बन्ध पारस्परिक हित र समनिकटताका आधारमा विकास गर्दै नेपाललाई दुई छिमेकी राष्ट्रबिचको गतिशिल पुलकोरुपमा स्थापित गर्न यो महाधिवेशन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ प्रतिवेदनमा भनिएको छ।

 

बुधबार ३० माघ २०८१ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया