काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए। मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेका छन् ।
बुधबार अपराह्न ४:५० बजे काठमाडौं शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित साँखु-नगरकोट सडक खण्डमा बा२ख ७९५८ नम्बरको स्कुल बस ब्रेक फेल भएर दुरंघटनामा परेको बोहराले बताए।
स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भ लगेको थियो । चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।
सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए । दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया