×

युएईमा थारु समुदायले माघी पर्व मनाउने पर्व मनाए  

images

फलेन्द्र मगर / दुबई 
युएई , जनवरी -12 " थारु कला संस्कृति हाम्रो पहिचान यसलाई संरक्षण  र प्रवर्दन गर्ने हाम्रो अभियान " भन्ने मुल नारा सहित प्रवासमा रहेर पनि आफ्नो मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले  विगतका हरेक बर्ष झै थारु कल्याणकारी सभा युएईले ११ जनवरि २०२६ का दिन १२ औं वार्षिक भेला तथा माघी पर्व एवं  थारु नयाँ वर्ष २६४९"  विविध सांस्कृतिक कार्यक्रमका साथ मनाए ।

अष्टोरिया होटलको क्लब एभरेष्ट को सभा हलमा सम्पन्न उक्त कार्यक्रममा नेफिन, युएईका अध्यक्ष भागरथी कुमार भगतको प्रमुख आतिथ्य , विभिन्न संघ संस्थाका प्रमुख हरु को विशेष आतिथ्य र अतिथिहरु को उपस्थिति , सातैवटा ईमिरेटस मा छरिएर रहेका थारु समुदायको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरि समुदघाटन सँगै राष्ट्रीय गीत बजाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रम संयोजक महेश चौधरीले माघी पर्व र यसका विशेषता का बारेमा चर्चा गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । नेपाल बाट आमन्त्रित चर्चित गायक खेम चौधरी को सांगितिक प्रस्तुती का साथै स्थानिय कलाकारहरू को समेत प्रस्तुति थियो। युएई कै कुशल कार्यक्रम प्रस्तोता केशव राज महतो ले कार्यक्रम संचालन गरेका थिए । उनलाई दिव्या चौधरीले साथ दिएका थिए ।

सोमबार २८ पुस २०८२ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया