काठमाडौँ । मङ्सिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी भएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
नेता भुसाललाई बुधवार साँझ नेकपा एसले पत्र पठाएको हो। सोमबार नेता भुसालले नेकपा एसमा प्रवेश गर्न लागि वामपन्थी एकताको प्रस्ताव पठाएका थिए। ‘हामीले उहाँले राखेका प्रस्तावको जवाफ पठाइसकेका छौ । अव छिट्टै उहाँ पार्टी प्रवेश गर्दै हुनुहुन्छ’, तुलाधरले भने, ‘बाँकी विषयमा बैठक बसेर निर्णय हुन्छ ।’नेकपा एसले नेता भुसालले उठाएको प्रस्तावलाई सम्बोधन गर्ने गरी पत्र पठाएको हो।
एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। भुसालले नेकपा एसमा महासचिव मागेका छन्।
एकीकृत समाजवादीका नेताहरूका अनुसार भुसाललाई पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी छ । स्रोतका अनुसार आइतबारसम्म पत्रकार सम्मेलन गरेर भुसाल औपचारिक रूपमा पार्टी प्रवेशको तयारी भइरहेको छ ।
प्रतिक्रिया