अध्यक्ष दाहालसमक्ष विधान मस्यौदा पेस

    images

    काठमाडौँ, २७ पुस : नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदा पेस गरेको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले उक्त मस्यौदा पेस गरेको हो ।
     
    माओवादीले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की रहनुभएको थियो ।
     
     मस्यौदा शनिबार बस्ने स्थायी समिति बैठकमा पेस हुने,  पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिनुभयो ।
     
    माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ । विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ । त्यस अवसरमा महासचिव गुरुङ, उपमहासचिवद्वय पोखेरेल र शर्मा तथा सचिव गणेश साह उपस्थिति हुनुहुन्थ्यो ।

    शुक्रबार​ २७ पुस २०८० १०:२२ PM मा प्रकाशित

    प्रतिक्रिया