×

हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री चौधरीका भाइ पक्राउ

images

काठमाडौं । प्रहरीले दाङका २७ वर्षीय युवक निरज चौधरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।

निरजको बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा गत आइतबार गोली प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलमा रहेका महाविर भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए । इलाका प्रहरी कार्यालय राजापुर डीएसपी कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ ।

बिहीबार २६ मंसिर २०८२ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया