वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् । आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका राष्ट्रपतिले पत्रकारसँग भने, “विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।”
“बहुत रोमाञ्चक कुरा म पहिलो खरीदकर्ता भएको छु,” उनले भने । ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका थिए । आफ्नो दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देश निकालालाई प्राथमिकता दिएका अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीसमेत रहेका उनले नयाँ कार्डअत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताएका छन् ।
ट्रम्पले बुधवार ट्रुथ सोसलमा लेखेका छन्, ‘यो कार्ड खरिदकर्ताहरूलाई सबै योग्य र प्रमाणित व्यक्तिहरूको लागि नागरिकताको सोझो बाटो दिनेछ। यो निकै रोमाञ्चक छ। हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन्।’
ट्रम्प गोल्ड कार्डको घोषणा यसै वर्षको सुरुवातमा गरिएको थियो। आधिकारिक वेबसाइटका अनुसार, यो एक अमेरिकी भिसा हो जुन ती व्यक्तिहरूलाई दिइन्छ जसले देशलाई ‘महत्त्वपूर्ण लाभ’ दिने कुरा प्रमाणित गर्न सक्छन्।
ट्रम्पले पहिलो पटक योजना सार्वजनिक गर्दा यसलाई 'ग्रिन कार्ड' जस्तै भएको बताएका थिए। ग्रिन कार्ड भनेको विभिन्न आयस्तरका आप्रवासीले अमेरिका बस्न र काम गर्न पाउने स्थायी अनुमति हो। ग्रिन कार्डधारीले पाँच वर्षपछि नागरिकताका लागि आवेदन दिन सक्छन्।
गोल्ड कार्ड भने खासगरी 'उच्च स्तरका' पेसाकर्मीहरूका लागि लक्षित गरिएको छ। ट्रम्पले भनेका छन्, 'जसले ५० लाख डलर तिर्छ, उनीहरूले रोजगारी सिर्जना गर्छन्। यसले अमेरिकालाई लाभ हुन्छ।'
प्रतिक्रिया