×

जन्मदर स्वाट्टै घट्यो

images

 

काठमाडौ । नेपालमा गएको २६ वर्षको अवधिमा सन्तान जन्माउने दर स्वाट्टै घटेको एक सर्वेक्षणले देखाएको छ । सन् १९९६ देखि २०२२ सम्म आइपुग्दा महिलाले औसतमा २ जना सन्तान जन्माउने गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

 सर्वेक्षणअनुसार सन् १९९६ मा प्रति एकहजार महिलाहरूले ४.६ बच्चा जन्माएका थिए । अर्थात् दुई जना महिलाले ९ जना बच्चा जन्माउँथे ।

यस्तै, २००१ मा प्रति महिलाले बच्चा जन्माउने दर २.१ थियो  । अर्थात् औसतमा एक महिलाले ४ जना बच्चा जन्माउँथे । २००६ मा गरिएको सर्वेक्षणमा जन्मदर ३.१ प्रतिशत थियो भने सन् २०११ जन्मदर घटेर २.६ प्रतिशतमा पुग्यो ।

यस्तै, सन् २०१६ मा जन्मदर २.३ प्रतिशत पुग्दा २०२२ सम्म आइपुग्दा घटेर २.१  प्रतिशतमा झरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ ।

आइतबार​ २५ मंसिर २०७९ ०२:५४ PM मा प्रकाशित

प्रतिक्रिया