×

निर्देशक असिम शाह बने रास्वपाका समानुपातिक सांसद

images

काठमाडौ । फिल्म ‘२ रुपैया’ का निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसदमा छनौट भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ १३ सिटको सूचीमा शाहको नाम पनि समावेश छ ।

मुस्लिम समुदायका तर्फबाट शाह सांसद छानिएका हुन् । शाहले फिल्म निर्देशनको अलवा विज्ञापन र म्युजिक भिडियो अभिनय र निर्देशन समेत गरेका छन् । 

आइतबार​ २५ मंसिर २०७९ ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया