×

प्रधानमन्त्री ओलीले सार्बजनिक गरे रासायनिक मलको मौज्दात विवरण

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भएको रासायनिक मलको विवरण सार्बजनिक गरेका छन् ।

प्रधानमन्त्री ओलीले खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको बताएका छन् । साथै उनले कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध समेत गरेका छन् ।  

उनले भनेका छन्- 

यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ। कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ ।

यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया: १६,५३९ मेट्रिक टन, डिएपी: ७,६५३ मेट्रिक टन, पोटास: ४,९१५ मेट्रिक टन रहेको छ । 

यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया: १०,९८४ मेट्रिक टन, डिएपी: ९४२ मेट्रिक टन, पोटास: १,७८५ मेट्रिक टन रहेको छ  ।  कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध छ । खेतबारी हराभरा बनाऔं !

 

सोमबार २७ साउन २०८२ ०७:५९ AM मा प्रकाशित

प्रतिक्रिया