×

मौद्रिक नीति आज आउदै

images

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । 

राष्ट्र बैंकले आजै दिउसो मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिमा बैठक अहिले बसिरहेको र आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बताएको छ । यस अघि गभर्नर डा. विश्व पौडेलले विहिबार साँझ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग मौद्रिक नीति बारे छलफल गरेका थिए । 

अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो मौद्रिक नीति असारभित्रै ल्याउन लागेका हुन् ।  बजेट साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको यस पहललाई सकारात्मक रुपमा हेरिएको छ ।

नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेलले केहि उदार नीति ल्याउने संकेत गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन नसकेको अवस्थामा  गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था र ऋणी दुवै पक्षलाई सहज हुने मौद्रिक नीति ल्याउन लागेको बुझिएको छ ।

शुक्रबार​ २७ असार २०८२ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया