×

प्रधानमन्त्रीलाई बैंकको ब्याजदर घटाउन उद्योग मन्त्रीको आग्रह

images

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले प्रधानमन्त्रीसँग बैंकको ब्याजदर घटाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले आग्रह गरेका हुन् ।

निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले प्रधानमन्त्रीलाई ब्याजदर घटाइदिन आग्रह गर्ने बताए । अर्थतन्त्र राम्रो अवस्थामा नरहेको भन्दै उनले ब्याज न्यूनीकरणले धेरै समस्या समाधान गर्ने बताए ।

निजी क्षेत्रको सहयोगबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री रिजालले भने, ‘जे पर्छ पर्छ म प्रधानमन्त्रीलाई भन्छु ब्याजदर घटाइदिनुस् ।’ उनले अन्तर सरकारी समन्वय बढाउने पनि बताए ।

मङ्गलबार २८ चैत २०७९ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया