×

लघुकथा- समय

images


लगभग चार बर्षपछि उसको फोन आयो । 
‘मलाई  चिन्यौ ? म दधिरामबोलेको ।’
हामी धेरै बर्षसम्म एउटै कार्यालय एउटै शाखामा सँगै काम गरेका । मैले उसले नाम नभनेको भएपनि उसको धोत्रो स्वरले चिनिहाल्थेँ ।  
‘चिनें । यति छिटै कसरी बिर्सनु । आज कहाँबाट सम्झियौ ?’ मैले यति भनेपछि उसले हाँस्दै भन्यो– ‘बिर्सेका रहेनछौ, खुसी लाग्यो । यसो सम्झने काम परेकोले फोन गरेको । यही आउँदो  ७ गते शनिवार मेरो जेठी नातिनीको पास्नी छ । भाउजुलाई पनि ल्याउनु ।’ 
‘छोराको बिहेमा नडाक्ने, अनि पास्नीमा चाहीँ खोजीखोजी बोलाउने ?’ मैले हास्दै ठट्टा गरेंं ।
‘बिहेमा सम्झेर पनि नबोलाएकै हो ।’ 
‘किन?’
‘सबै कुरा फोनमा नै गर्नु ? । भेट भएपछि सबै बिस्तार गरुँला ।’
पास्नीको आयोजना भव्य थियो । 
‘बुहारी त राम्री नै रहिछन् । छोरा बुहारीको जोडा पनि खुबै मिलेको । अझ नातिनीको अनुहार त ठ्याक्कै बाबुको’ मेरी श्रीमतीले प्रशँसाको पूल नै बाँधिन् ।
ऊ र उसकी श्रीमती दुबैले एक–अर्कोलाई हेर्दै मुखामुख गरे । 
‘बुहारीको माइत कहाँ नि?’ मैले सोधें । 
मेरो प्रश्नको जबाफ दिन उसले चारैतिर हे¥यो । अनि मेरो कानमा विस्तारै भन्यो–‘आफ्नै घरमा डेरा लिएर बस्नेकी छोरी । के गर्ने समय पनि कस्तो कस्तो आयो ।’


 

शनिबार २८ माघ २०७९ ०७:५६ AM मा प्रकाशित

प्रतिक्रिया