तिमीले सक्ने भनेकै
पोष्टर च्यात्ने
पुत्ला दहन गर्ने
सालिक ढाल्ने हो
हदै गरे गोबर हान्ने हो
यो त रमिता हो ।
तिमीलाई आदर्शले कस्ले सक्छ
विचारले आकाश उल्टाएको हो
भाषणले समाज उत्तेजित पारेकै हो
दुईचार जना आदिवासी टिपेर हिर्काएको हो सडक
नामले कायापलट
आश्वासनले परिवर्तन गरेकै हो ।
सक्नेले त पर्खालै नाध्छ
काण्ड पुर्याएर परिवर्तन गर्छ
बानी नै परिवर्तन गरेर अघि बढ्छ
ढ्याँग्रोको तालमा उफ्रने जनता पनि उस्तै
अबस्था सुन्दर बनाउन त
ढुँगा पर सार्नु पर्छ कान्छा
आदर्श छाँटेर मात्र नहुने रहेछ ।
प्रतिक्रिया