१.
रैनछ खुल्ला आँखाले देखेजस्तो यस्तै रहेछ
उकालो ओरालो कहिले भिरालो यस्तै रहेछ
अघि बढाउनै पर्ने पाइला डगमगाउन नदिई
गन्तब्य विहिन यात्रा जिन्दगीको यस्तै रहेछ ।
२.
खर्चिनु पर्ने हजारौं सय कस्तो बिडम्वना
फेरी छैन् न्याय निर्भय कस्तो बिडम्वना
सानै बनाउने सानालाई ठूलाबडाका सामु
पैसामै बिक्ने न्यायालय कस्तो बिडम्वना ।
३.
भन्दैछ भन्नलाई सबै छ यो देशको राजनीति
बुभ्mनलाई नसकिदो रैछ यो देशको राजनीति
न आफु गर्ने न पालो दिने केहि गर्छु भन्नेलाई
सोच्दैछु खै कता जाँदैछ यो देशको राजनीति
४.
आफ्नाहरु छन् दुश्मन छन् सम्हालिन ए मन
कुरा काट्ने कति छन् छन् सम्हालिन ए मन
एक तँ छस् खुशी आँसु सबै सम्हाल्न सक्ने
भन्नेले त अनेकन भन्छन् सम्हालिन ए मन ।
प्रतिक्रिया