×

संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व हो - प्रचण्ड

images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिराहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए । 

उनले भने, ‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ । सङ्घीयता सहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ ।’

पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उनको भनाइ छ । 

‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ, मैले सरकारको नेतृत्व गरेको बेलामायी एजेन्डामा पनि अझ बढी मधेसका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ । वर्षौँ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ । हजारौँ नागरिकता विहीनहरुले नागरिक पाउने अवस्था बनेको छ । यसलाई तपाईँहरूले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिनुभएको छ भन्ने मैले बुझेको छु,’ उनले भने । 

अध्यक्ष प्रचण्डले पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताए। 

आफूले सरकारको नेतृत्व गर्दा वर्षौ पुराना तराई मधेसका समस्यालाई ध्यान दिएर काम गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेन्डामा पनि अझ बढी मधेसका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ। वर्षौं पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ। हजारौँ नागरिकताविहीनहरूले नागरिक पाउने अवस्था बनेको छ। यसलाई तपाईंहरूले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुभएको छ भन्ने मैले बुझेको छु।’

पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेन्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका दैनिक समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेन्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए।  

मङ्गलबार २५ भदौ २०८१ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया