काठमाडौं । गत शुक्रवारबाट हलहरुमा चार नयाँ फिल्म रिलिज भएका छन् । ‘ऐना झ्यालको पुतली’ ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ब्रह्मास्त्र : पार्ट वान’ र ‘सीता रामम’ नेपाली सिनेमाघरहरुमा अहिले रिलिज भएका चलचित्र हुन ।
सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ ले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा भन्छ । चलचित्रले बाल्यकाल र बाल्यअवस्थासंग जोडिएका बिभिन्न स्मृतिका कथा पनि बताउँछ । चलचित्रलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो चलचित्रमा भने सिरु विष्ट सँगै कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतको अभिनय रहेको छ ।
गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र हो ‘गोर्खा : बिनिथ द ब्रेभरी’ । समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको फिल्म प्रदीप शाहीले निर्देशक गरेका हुन् । चलचित्रको कथा निर्देशक शाही आफैंले लेख्नुभएको हो। चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा हुनुहुन्छ भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ रहनुभएको छ।
यस्तै भारतीय चलचित्र ‘ब्रह्मास्त्र’मा रणवीर कपुर, आलिया भट्ट र अमिताभ बच्चन मुख्य भुमिकामा देखिनुभएको छ । आयन मुखर्जी निर्देशित चलचित्रले प्रेम र पहिचानको यात्रामा निस्किएको शिव नामक पात्रको कथा भन्छ ।
दक्षिण भारतीय चलचित्र ‘सीता रामम’ लाई हनु रागभापुदी निर्देशन गर्नुभएको हो । राम र सीताबिचको मायाप्रेम नै चलचित्रको मुख्य बिषय हो । रामलाई सीताको पत्र प्राप्त भएपछि उसको जीवनमा कस्तो परिवर्तन आउँछ भन्ने कुरा चलचित्रमा देखाइएको छ । चलचित्रमा दुलकेयर सलमान, मुरनल ठाकुर, रश्मिका मन्दना लगाएतको अभिनय रहेको छ ।
प्रतिक्रिया