×

आज सुनचाँदीको मुल्य कति छ ?

images

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २ सयले घटेर तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।

 

आइतबार​ २६ साउन २०८२ ११:२१ AM मा प्रकाशित

प्रतिक्रिया